Top Menu

  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

Main Menu

  • गृहपृष्ठ
  • अर्थ
  • देश
  • समाज
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • गृहपृष्ठ
  • ब्लग
  • सम्पर्क

logo

Header Banner

  • गृहपृष्ठ
  • अर्थ
    • विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने :कोरोना रोकथाम र खोप अभियानका ...

      ११ फाल्गुन २०७७
      0
    • मोवाइल व्यवसायीको साधारण सभा सम्पन्न

      ११ फाल्गुन २०७७
      0
    • ट्राफिक जाम हुन नदिन ललितपुर महानगरले केही ठाउँमा ग¥यो चार चारपाङग्रेलाई निषेध

      ११ फाल्गुन २०७७
      0
    • राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विज्ञ तर्फबाट भण्डारी नियुक्त

      ११ फाल्गुन २०७७
      0
    • ललितपुर महानगरपालिकाले उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन र स्वागत गर्न ...

      ११ फाल्गुन २०७७
      0
    • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

      ११ फाल्गुन २०७७
      0
    • कार्तिक नाच अक्षय कोषलाई ललितपुर महानगरद्वारा ५० लाख सहयोग

      ११ फाल्गुन २०७७
      0
    • साइकल प्रयोगलाई प्रोत्साहित गर्न ललितपुर महानगरले अभियान थाल्ने

      ११ फाल्गुन २०७७
      0
    • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको ...

      ११ फाल्गुन २०७७
      0
  • देश
    • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

      ११ फाल्गुन २०७७
      0
    • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

      ११ फाल्गुन २०७७
      0
    • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

      ११ फाल्गुन २०७७
      0
    • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

      ११ फाल्गुन २०७७
      0
    • मध्यराति ढुंगा हानाहान : बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      ११ फाल्गुन २०७७
      0
    • शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाए

      ११ फाल्गुन २०७७
      0
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      ११ फाल्गुन २०७७
      0
    • माओवादीबाट आठ नेता जिम्मेवारी : एमाले प्रवेश गरेका

      ११ फाल्गुन २०७७
      0
    • दाहाल नयाँ सरकारको कसरतमा दाहाल

      ११ फाल्गुन २०७७
      0
  • समाज
    • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

      ११ फाल्गुन २०७७
      0
    • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : आर्थिक संकट बढेपछि धुर्मुस ...

      ११ फाल्गुन २०७७
      0
    • भारत-पाकिस्तान : सम्बन्ध सुधारको बाटोमा

      ११ फाल्गुन २०७७
      0
    • एक जनालाई ७५ लिटर,मेलम्चीको पानी

      ११ फाल्गुन २०७७
      0
    • ललितपुर महानगरमा अबदेखि जथाभावी पम्प्लेट–पोष्टर टाँस्न नपाइने

      ११ फाल्गुन २०७७
      0
    • गोदावरी नगरपालिकाले पाचौँ स्थापना दिवस मनायाे

      ११ फाल्गुन २०७७
      0
    • ललितपुर महानगरपालिकाले अन्तर्राष्टिय महिला दिवसको अवसरमा नेपाल साइकल रयाली गरियो

      ११ फाल्गुन २०७७
      0
    • मेलम्ची सपना : साकार बन्दै

      ११ फाल्गुन २०७७
      0
    • भोट बैंक ऐलानी

      ११ फाल्गुन २०७७
      0
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • विविध
  • विश्व
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ललितपुर महानगर र भक्तपुर नगरले शिक्षा स्वास्थ्यमा सहकार्य गर्ने

  • भूक्षयका कारण घर भत्किएर घरबारविहीन भएका १३ घर परिवारलाई आर्थिक सहयोग

  • स्मार्ट सडक बत्ती जडानपछि ललितपुर महानगर झिलिमिली(with Video)

  • ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने(With Video & Photo)

देशसमाज
Home›देश›भोट बैंक ऐलानी

भोट बैंक ऐलानी

By News Agency
११ फाल्गुन २०७७
243
0
Share:

 ७५ वर्षीय प्रेमपति पन्त भूमि समस्या समाधान आयोग खुलेको थाहा पाउनेबित्तिकै वडा कार्यालय पुगे । लालपुर्जा वितरणको काम सुरु हुने समयबारे पनि जिज्ञासा राखे । जनप्रतिनिधिले अब छिट्टै लगत संकलन गरेर लालपुर्जा वितरणको काम सुरु हुने जानकारी दिएपछि उनी खुसी त भए तर विश्वस्त हुन सकेनन् । यसअघिका आयोगजस्तै अहिलेको आयोगले पनि झुक्याउने काममात्रै गर्ने हो कि भन्ने चिन्ता उनको मनमा छँदै छ । 

वेदकोट नगरपालिका–५ पोल्खरीका पन्तले हालसम्म विभिन्न नामले गठन भएका यस्ता सबै आयोगमा निवेदन दिएका छन् । ‘जति आयोग गठन भए पनि जग्गा पाउने आस छैन,’ उनले भने, ‘आयोग गठन हुन्छन्, निवेदन दर्ता हुन्छन्, लालपुर्जा वितरणको काम सुरु हुने बेला आयोग विघटन हुन्छ ।’ पन्त २०२५ मा बैतडीको पुर्चौडी क्षेत्रबाट बसाइँ सरेर पोल्खरी आए । आफैंले वन फाँडेर बसे । उनी यहाँ आएपछि तीन पटक त नापी टोली नै आएको छ । तर यहाँका स्थानीयले हालसम्म पनि जग्गाधनी पुर्जा पाउन सकेका छैनन् । पोल्खरीमा १ हजार परिवारको बसोबास छ । २०२२ सालदेखिकै बस्ती भए पनि उक्त क्षेत्र वनमै कायम गरिएको छ ।

पोल्खरीसँगै वेदकोट नगरपालिकाकै बगुन र धर्मपुर पनि वनमै कायम छन् । ‘लालपुर्जाकै लागि हामी पटकपटक जेल पनि गयौं,’ पन्तले भने, ‘हामीभन्दा पछि बसोबास भएको बस्तीमा लालपुर्जा वितरण भयो, हामीलाई कसैले वास्ता गरेनन् ।’ पन्त आफैं पनि तीन रात जेल बसेका थिए । पोल्खरी क्षेत्रका बासिन्दालाई पञ्चायतकालदेखि बहुदलीय व्यवस्थामा हरेक उम्मेदवारले लालपुर्जा दिने आश्वासन दिए । त्यसको आसमा यहाँका बासिन्दाले एकजुट भएर मतदान पनि गरे । ‘गएको चुनावमा त एक वर्षभित्रै लालपुर्जा दिने प्रतिबद्धता गरेका थिए,’ २०३६ सालमा पुर्चौडीबाटै बसाइँ सरेर पोल्खरी आएका माधवप्रसाद पन्तले भने, ‘ठूलो आस गरेका थियौं, आयोग पनि गठन भएको थियो । प्रतिनिधिसभा विघटन भएपछि आस पनि मर्‍यो ।’

पोल्खरीसहित धर्मपुर र बगुन क्षेत्रमा गरी करिब तीन हजारभन्दा बढीको बसोबास छ । लालपुर्जा नहुँदा यहाँका स्थानीयले व्यापार व्यवसायदेखि ऋणलगायतका सुविधाबाट वञ्चित हुनुपरेको छ । उक्त बस्तीमा ठूला पक्की घर, कालोपत्र सडकदेखि विद्यालय, खानेपानीलगायत भौतिक पूर्वाधारहरू पनि बनेका छन् । आठ वर्षअघि जिल्ला वन कार्यालयले पोल्खरीलगायतको बस्ती वनक्षेत्र भएको सार्वजनिक गरेपछि यहाँका स्थानीयले आन्दोलन गरे ।

जिल्ला वन कार्यालयमा झडपसमेत भयो । त्यसपछि संघर्ष समिति गठन गरेर प्रतिपरिवार अढाई हजार संकलन गरेर उक्त टोली काठमाडौं गयो । यस क्षेत्रबाट निर्वाचित सांसदहरूसहित वन मन्त्रालयदेखि विभागसम्म पटकपटक धाए पनि लालपुर्जा पाउने विषयमा ठोस प्रगति हुन सकेन । ‘चुनावका बेला सबै नेताले आश्वासन दिन्छन्, चुनाव जितेपछि कोही फर्केर आउँदैनन्,’ पोल्खरीकै नवराज पन्तले भने, ‘हामीलाई जहिल्यै भोट बैंकका रूपमा प्रयोग गरियो ।’

भीमदत्त नगरपालिका–९ खल्लाका ८२ वर्षीय मानसिंह साउद अढाई दशकदेखि ऐलानी वन फाँडेर उक्त क्षेत्रमा बस्दै आएका छन् । २०५२ देखि खल्लामा बस्ती बस्न थालेको हो । त्यतिबेला उक्त क्षेत्रमा स–साना बुट्यानमात्रै थिए । महाकाली किनारमा रहेको चुरे फेदीको खल्ला मसेट्टीमा भर्खर बसोबास सुरु भएको थियो । बाटोघाटोदेखि खानेपानी, विद्युत् केही नभएको उक्त क्षेत्रमा पछिल्लोपटक यी सबै सुविधा पुगेका छन् । सडक, विद्युत्देखि सञ्चार सुविधा उपलब्ध हुन थाले पनि साउदलाई भने अढाई दशकदेखि खनजोत गरेको जमिन आफ्नो नाममा नहुँदा कतिबेला लखेटिनुपर्ने हो भन्ने चिन्ता छ । ‘बाटोघाटो र बिजुली त आयो, तर हामी त सुकुम्बासीजस्तै छौं,’ उनले भने, ‘हामीले खनजोत गरेको जमिनको लालपुर्जा पाए निकै खुसी हुन्थ्यौं ।’

वेदकोट नगरपालिका–

खल्ला अहिले पनि वन क्षेत्रमै छ । यहाँको जमिन नापी भएको छैन । खल्ला, टुँडिखेल र मुसेट्टी गरी तीनवटा बस्ती रहेको उक्त क्षेत्रमा करिब ४ सय परिवारको बसोबास छ । स्थानीय तहको निर्वाचनअघि यहाँसम्म पुग्न सडक सुविधासमेत थिएन । निर्वाचनपश्चात् बाटोघाटोदेखि विद्युत् सेवा विस्तार भएको छ । सञ्चार सुविधाका लागि टावर निर्माण भइरहेको छ । ‘विकास त भइरहेको छ, तर हामीले बस्न पाउने/नपाउने ठेगान छैन,’ खल्लाकै करनसिंह ठगुन्नाले भने, ‘अहिले पनि वनले कतिबेला धपाउने हो भन्ने चिन्ता छ ।’ उनी २०५३ मा डडेलधुराबाटै यहाँ बसाइँ सरेका हुन् । ‘जति पटक छाप्रा बनाए पनि वनपाले आएर आगो हालेर जान्थे,’ उनले भने, ‘हामीले भागेरै ज्यान जोगायौं, धेरैलाई त वन मुद्दा लगाएर जेल पनि हाले ।’

उनका अनुसार जिल्ला वन कार्यालयको टोली खल्लामा पुगेर यहाँ बनाइएका घर टहरा भत्काउने, आगो लगाउने र बसोबास गर्नेहरूलाई धपाउने गर्थे । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५८/५९ सालपछि भने वनका कर्मचारी जान छाडेका हुन् । ‘हामीलाई अहिले पनि वन अतिक्रमणकारी भनिन्छ,’ मसेट्टीकी विमला बमले भनिन्, ‘त्यही भएर अहिलेसम्म बिजुलीबाट समेत वञ्चित गरिएको हो ।’ उनी २०५५ देखि यहाँ बस्न थालेकी हुन् ।

महाकाली नदी किनारको उक्त बस्ती बाढीको उच्च जोखिममा छ । बस्तीबीच आधा दर्जन खहरे खोला छन् । महाकाली र चुरेबाट बग्ने खहरेका कारण बस्ती उच्च जोखिममा छ । बर्खामा यहाँको बस्ती सम्पर्कविहीन हुन्छ । खल्ला क्षेत्र भएरै महाकाली करिडोर निर्माणका लागि सर्भेको काम पनि भएको छ । तर यहाँका स्थानीयलाई स्थायी बसोबासकै चिन्ता छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले जिल्लामा कार्यालय स्थापना गरेर काम सुरु गरिसकेको आयोग अध्यक्ष कमला बोहराले बताइन् । उनका अनुसार आयोगले भूमिहीन सुकुम्बासी र दलित सुकुम्बासीसँगै अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नेछ । ‘वेदकोटको पोल्खरी, बगुन र धर्मपुर क्षेत्रको समस्या पनि समाधान गर्छौं,’ उनले भनिन्, ‘विगतका आयोग तथा विभिन्न नापी टोलीले गरेको कामको अध्ययन गरिरहेका छौं ।’ कञ्चनपुरमा करिब ६० हजार परिवार भूमिहीन रहेको अनुमान गरिएको छ ।

Previous Article

सर्वोच्चमा रिट : पशुपतिनाथमा सुनको जलहरी लगाउने ...

Next Article

बालुवाटारमा ओलीले ११ बजे डाके स्थायी ...

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

News Agency

Related articles More from author

  • समाज

    मेक्सिकोमा कैटरिनाको ३६ औं जन्मदिन

    ११ फाल्गुन २०७७
    By News Agency
  • समाज

    सत्तारुढ दल नेपाली कांग्रेसले अवकाशप्राप्त कर्मचारीहरुलाई दिइँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग

    ११ फाल्गुन २०७७
    By News Agency
  • देशसमाज

    पहिरोले डोल्पामा दुई घर पुरिए

    ११ फाल्गुन २०७७
    By News Agency
  • देशसमाज

    अनेरास्ववियु आन्दोलित : पेट्रोलियम मूल्य बढ्दो

    ११ फाल्गुन २०७७
    By News Agency
  • देशराजनीति

    सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको दाहालको दाबी

    ११ फाल्गुन २०७७
    By News Agency
  • देशमुख्य खबरराजनीति

    म फेरि प्रधानमन्त्री हुन्छु : शेरबहादुर देउवा

    ११ फाल्गुन २०७७
    By News Agency

Leave a reply Cancel reply

You may interested

  • देशमनोरञ्जन

    गुण ब्युटिसियन ट्रेनिङ सेन्टरले कोटेश्वर तीनकुनेमा शाखा विस्तारगर्ने भएको छ

  • देशमुख्य खबरराजनीति

    पौडेल पक्षलाई देउवाको प्रश्न- ओलीसँग लड्ने कि मसँग ?

  • देशमुख्य खबरराजनीति

    कम्युनिष्टहरूसंग देउवा लड्ने रे ! कसरी लड्लान् ?

  • LATEST REVIEWS

  • TOP REVIEWS

Timeline

  • ५ बैशाख २०७८

    थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

  • ४ बैशाख २०७८

    नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

  • ३ बैशाख २०७८

    आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

  • २ बैशाख २०७८

    नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

  • २ बैशाख २०७८

    भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

Latest Comments

Find us on Facebook

logo

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७६/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रश्मी कर्माचार्य
  • व्यवस्थापन : यम कुमार सुनवार
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@astittwo.com
https://youtu.be/xPbEeRU0z1k
  • Recent

  • Popular

  • Comments

  • थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

    By News Agency
    ५ बैशाख २०७८
  • नेपाली कांग्रेस ३ वडा इकाइको नयाँ वर्षको शुभकामना (with Video)

    By News Agency
    ४ बैशाख २०७८
  • आफ्नै घरमा वासुदेव कमलाजामूर्ति (with video)

    By News Agency
    ३ बैशाख २०७८
  • नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

    By News Agency
    २ बैशाख २०७८
  • भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना संक्रमण : १०३८ को मृत्यु

    By News Agency
    २ बैशाख २०७८
  • विवादित पूर्व सभासद राजकाजी महर्जनलाई माओवादी केन्द्रबाट टिकट

    By News Agency
    १७ कार्तिक २०७४
  • माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा ...

    By News Agency
    १७ कार्तिक २०७४
  • आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेसलाई प्रचण्डको सुझाव- तपाईंहरु मिल्नुस्, वीपीको आदर्शतिर फर्किनुस्

    By News Agency
    १९ कार्तिक २०७४
  • कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

    By News Agency
    १९ कार्तिक २०७४

Follow us

  • सम्पर्क
  • हाम्रो बारे
  • गृहपृष्ठ
© २०१७ अस्तित्त्व राष्ट्रिय साप्ताहिक. सर्वाधिकार सुरक्षित