ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपकमान महर्जनको उम्मेदवारी घोषणा ( दृश्य सहित )
![](http://astittwo.com/wp-content/uploads/2023/09/381005005_1278494212809959_4443946376578261249_n.jpg)
![](http://astittwo.com/wp-content/uploads/2023/10/devine.gif)
ललितपुर – ललितपुर उद्योग वाणिज्य संघका महासचिव रुपकमान महर्जनले ४४औं साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेवारी घोषणा गरेका छन्।
![](https://astittwo.com/wp-content/uploads/2023/09/381038974_2290410051151195_2566809588798580368_n-1024x684.jpg)
बिहिबार शंखमूलको यल दरबारमा पत्रकार सम्मेलन गर्दै उनले ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा आफ्नो उम्मेवारी घोषणा गरेका हुन्।संघको महासचिव जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गरिरहेका उनले समाज कल्याणका निम्ती अध्यक्ष पदमा दाबी गरेको बताए।डेढ दशकदेखि संघको विभिन्न पदमा रहेर उद्योग व्यवसायीहरुको समस्यामा साथ दिँदै आइरहेका मर्हजन ललितपुर खाद्य व्यापार संघको अध्यक्ष समेत हुन्।
‘समाजको सेवा गर्न र समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ’ अध्यक्ष पदमा उम्मेदवारी दिनुको कारण खुलाउँदै, ‘विगतमा संघको विभिन्न पदमा रहेर उद्योगी साथीहरूसँग कुममाकुम मिलाएर साथ दिएँ। अगामी दिनहरू पनि यसैगरी उहाँहरूको हौसला बढाइरहने छु।’साढे पाँच दशकको गौरवमय इतिहास बोकेको यस व्यवसायिक संगठनले वर्तमान चुनैतीहरुको सामना गर्दै सानादेखि ठूला सबै व्यवसायीहरुको हक हितको लागि आवाज उठाउँदै आइरहेको छ। व्यवसायी मैत्री वातावरण निर्माणको नेतृत्व गर्न सक्ने सक्षम नेतृत्वको खोजी गरिरहेको संघलाई आफूले सम्हाल्ने सक्ने क्षमता भएको उनको विश्वास छ।
‘मलाई म लगायत मेरा साथीहरूमाथि पूर्ण विश्वास छ कि हामीले उद्योगीहरूको समस्या समाधान गरेर अगाडि बढ्ने छौं। विगतका दिनहरूमा हाम्रा मतदाताहरूले आफ्नो बहुमूल्य मत दिएर हामीलाई जिताउनुभएको थियो र, यस पटक पनि उहाँहरू विश्वास गरेर हामीलाई जिताउनुहुन्छ भन्ने कुरामा विश्वास छौं’, पत्रकार सम्मेलनमा उनले भनेका थिए।
![](https://astittwo.com/wp-content/uploads/2023/09/379428944_825487166283199_4179793690098760090_n.jpg)
प्यानल
१)अध्यक्ष : रुपक मान महर्जन , माता श्री बंगलामुखी खाद्य भण्डार
२)वरिष्ठ उपाध्यक्ष : सुसन महर्जन, महालक्ष्मी एग्रिगेट इण्डष्टिज प्रा.लि.
३)उद्योग उपाध्यक्ष : सुरज बज्राचार्य, जे.बि. टेलर्स
४)वाणिज्य उपाध्यक्ष : सुनिल शाक्य, सुनिल कोल्ड स्टोर
५)संस्थागत उपाध्यक्ष : रमेश सिंह महर्जन, ललितपुर हस्तकला संघ
६) महासचिव : महेश श्रेष्ठ, हारती माता खाद्य भण्डार
७) कोषाध्यक्ष : राजु महर्जन, अग्नि पार्टी प्यालेस
उद्योग तर्फ कार्य समिति सदस्यहरु
अनिल महर्जन, फाइन हयाण्डिक्राफ्ट
आशिष शाक्य, अमृत टेलर्स
गुण केशरी ताम्राकार, गुण व्युटिसियन ट्रेनिङ्ग सेन्टर
संघ रत्न डंगोल, श्री हारती मां रिफाइनरी वर्क्स
सबुता महर्जन, एस. आर. एम. मेटल हयाण्डिक्राफ्ट सदिक्षा डंगोल, माकु बेकरी क्याफे
वाणिज्य तर्फ कार्य समिति सदस्यहरु
प्रेम काजी शाक्य, बज्रशत्व फाइन आर्ट हयाण्डिक्राफ्ट विक्रम बज्राचार्य, श्री सानु नाइन ज्वयल
महेश्वर लाल खोसी, माइजुको अचार
राजेन्द्र लामा तामाङ्ग, ओरिसा स्टोर
लक्ष्मी कृष्ण श्रेष्ठ (चि माईला) लक्ष्मी रेडिमेड
सुनिल कुमार श्रेष्ठ, ई. विज लिंडस प्रा.लि.
सुरज महर्जन, क्लिक सोलुसन्स सेन्टर
संस्थागत सदस्यतर्फको सदस्य : पूर्ण महर्जन, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, ललितपुर
एसोसियट तर्फको सदस्य : रवि महर्जन, यल दरबार भेन्यू प्रा. लि. ले उम्मेदवारी दिएका छन्।
आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमूलस्थित यल दरबारमा संघको साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुँदैछ।