अन्तरास्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को १०० औ स्थापना दिवसको उपलक्ष्यमा हुन गईराखेको ” फिडे १०० गिनिश वर्ल्ड ” रेकर्डको प्रयाशमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनेगरी हुन लागेको राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता ” यहि २०८१ श्रावन ५ गते सनिबारका दिन लुभुस्थित महालक्ष्मी ब्याक्वेटमा हुने भयको छ / देशब्यापी रुपमा हुनलागेको सो प्रतियोगिता १०० जनाको राष्ट्रिय तथा अन्तरास्ट्रियस्तरको खेलाडीहरुको सहभागिता रहने र विभिन्न समुहका १८ जना बिजेता खेलाडीहरुलाई नगद पुरस्कार , ट्रफीको साथै प्रमाणपत्र पनि वितरण गर्ने सो प्रतियोगिताका टुर्नामेन्ट डाईरेक्टर नेसनल आर्बिटर श्री हरि कृष्ण श्रेष्ठले जानकारी गराउनु भयो / बुद्धिचाल खेल बिद्यालय देखि अन्तरास्ट्रियस्तरसम्म पुरयाउन यस्ता प्रतियोगिताको आयोजनाले फाईदा पुग्ने यो प्रतियोगिताका प्रमुख निर्णायक अन्तरास्ट्रिय आर्बिटर निरन्जन प्रजापतिले बताउनुभयो / स्विस लिग अन्तर्गत ९ राउण्डसम्म चल्ने सो प्रतियोगिता ३ मिनेट तथा हरेक चालपछि २ सेकेन्ड थप गरिने पनि जानकारी गराउनुभयो /