ललितपुर- गोदावरी नगरपालिका वडा ३ का अध्यक्ष राज घिमिरेले अनाथ आश्रमका लागि जसरी पनि भवन बनाएर छाड्छु भन्ने महायज्ञमा कसम खाँदै प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष राज घिमिरेले भन्नुभयो, “मेरो जन्म दिनको बिहान आमाले आशिर्वाद दिँदै भन्नुभयो ।” “हामी गरिब भएर पनि जसरी ज्येष्ठ नागरिकहरूको लागि भवन बनायौँ त्यसै गरी मामा अनाथालय आश्रममा भएका बालबालिकाका लागि स्थायी बासको व्यवस्था गर्दिए हुन्थ्यो ” त्यतिबेला ती शब्द मेरो लागि भगवानले आग्रह गर्नुभएको जस्तो लाग्यो ।

गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँ स्थित जारी रहेको महायज्ञमा उहाँले, “जन्मदिन मनाउँदै गर्दा भक्तजन तथा आश्रमका अध्यक्ष सामु जसरी पनि अनाथालय आश्रमका लागि गोदावरी वडा ३ मा जग्गा व्यवस्थापन गरेर भवन कार्यमा सहयोग गर्ने कसम खाँदै प्रतिबद्ता गर्नुभएको मामाघर आश्रमका अध्यक्ष बालयोग्यस्वर विजयमुर्ति महाराजले जानकारी दिनुभयो ।उहाँले, जन्मदिनको अवसरमा वडा अध्यक्षले आश्रमका लागि नगद रकम ५० हजार पाँच सय दान गर्नुभएको बताउनुभयो ।अध्यक्षले, आफूसँग जे छ त्यसैबाट केही अंश आश्रम बनाउनका लागि मन दिल खोलेर महायज्ञमा दान गर्न आग्रह गर्दै वडा अध्यक्षलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।