उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण र व्यवस्थीत रुपमा आन्दोलनका कार्यक्रम गर्न आन्दोलनकारी शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा आन्दोलनरत शिक्षकहरूसँग भएको छलफलका क्रममा श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुको माग पुरा गर्न सरकार सकारात्मक रहेको भन्दै आन्दोलन गर्नैपर्दा शान्तिपूर्ण र व्यवस्थीत रुपमा गर्न आग्रह गर्नुभएको हो । शिक्षकहरुको आन्दोलनका कारण बुधबार राजधानीको सवारी आवागमनको अवस्था अस्तव्यस्त भएपछि गृहमन्त्री श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुलाई सिंहदरबार बोलाउनुभएको थियो । सो क्रममा शान्ति सुरक्षाका बिषयमा मात्रै केन्द्रीत भएको शिक्षक संगठनका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयोे । उहाले आफ्ना मागका बारेमा संसदबाट नै समाधान निकाल्नुपर्ने बताउनुभयो ।

छलफलका क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिएर विद्यालय सुचारु गर्न पनि आग्रह गर्नुभएको थियो । शिक्षक महसंघले भने विद्यालय शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारेको छ ।