शिक्षकको जारी आन्दोलनले निरन्तरता पाउने,आज पनि पठनपाठन बन्द रहने
शिक्षक आन्दोलनका कारण जिल्लाका सात वटा गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूमा पठनपाठन बन्द भएको छ।शिक्षक महासंघको राष्ट्रब्यापी आन्दोललाई समर्थन गर्दै शिक्षकहरू आन्दोलनमा सहभागी हुँदा विद्यालयमा पठनपाठन ठप्प भएको हो।
शिक्षक महासंघले संसदमा प्रस्तुत भएको शिक्षा ऐनको विरोध गर्दै देशभर आन्दोलन गर्ने र विद्यालय बन्द गर्ने निर्णय गरेको कारण जिल्लाका विद्यालयहरू बन्द भएका हुन्।बिहीबारदेखि शिक्षकहरू गाउँपालिका स्तरमा आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द भएका हुन्। शिक्षक महासंघले आयोजना गरेको विद्यालय बन्द कार्यक्रमलाई समर्थन गर्दै शिक्षकहरू आन्दोलनमा सहभागी भएका छन्। सिमकोट गाउँपालिकाका २१ वटा सामुदायिक विद्यालय बन्द रहेका छन्।