पूर्वमन्त्री भट्टको निधन


पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए ।उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको जानकारी दिएका छन् ।साथै आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनले जानकारी दिए ।