सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो भने आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१३.७६ डलरमा र चाँदी प्रतिऔंस २२.९७ डलरमा कारोबार भइरहेको छ ।