ललितपुर – ललितपुर महानगरपालिका वडा नं.५ ले महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ ।


महिला समुहहरुको क्षमता अभिवृद्धि तालिमको लागि धुलिखेलको हिमालय दृश्य रिसोर्टमा तालीम प्रदान गरिएको थियो । ललितपुर महानगरपालिका वडा नं.५ भित्र रहेको विभिन्न महिला समुहहरुले सहभागी जनाएका थिए ।

ललितपुर महानगरपालिकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला समुहहरुलाई क्षमतावान , समृद्धि र नमुना समूह बनाउनको लागि ललितपुर महानगरपालिका तत्पर रहेको बताउनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले जुन घरको महिला सक्षम हुन्छ त्यो घरमा भएको परिवार नै शिक्षित हुने बताउनुभयो । महिला शिक्षित भयो भने घर टोलमा भएका सबै नागरिकहरु शिक्षित हुने हुँदा जहाँ महिला त्यहाँ विकासको पाइला हुने उदेश्यले विभिन्न महिला समुहहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि तालीम प्रदान गरिएको बताउँनुभयो । वडा नं.५ मा पुरुष भन्दा पनि महिला सक्रिय रुपमा अगाडि रहेको औलाउँनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सल्लाहकार पुरुषोत्तम ढुङ्गाले आफुले सिकेको कुरा व्यवहारमा उतारियो भनी वडाको गरेको प्रयास सफल हुने बताँउनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य पुर्नम निरौलाले महिलाहरुको लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु राख्दै जाने प्रतिवदता व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य शोभादेवी प्रदान श्रेष्ठ र असोक कुमार श्रेष्ठले महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि आफ्नो भनाइहरु राख्नुभयो ।

महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालीममा समूह व्यवस्थापन , महिला नेतृत्व विकास जीवन मुल्य सम्बन्धि लगायत धेरै कुराहरुको बारेमा प्रशिक्षण दिएको थियो ।

दुई दिने महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालिम लिन पाएकोमा महिला समुहका व्यक्तिहरुले खुशी व्यक्त गरेका छन् ।

दुई दिने महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रममा प्रशिक्षण दिनु हुने विकास देव योञ्जन र हरि गोबिन्द महर्जनलाई वडा अध्यक्ष विकास मान श्रेष्ठले माया चिनो प्रदान गर्नुभयो ।

महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रममा विभिन्न मनोरञ्जन नाचगान गरिएको थियो ।