नेपाली बजारमा आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ ।

सोमबार १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । सोमबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।