ललितपुर – ललितपुर महानगरपालिका वडा नं.५ का महिला समुहहरुले उत्पादन गरेको सामग्रीहरुको दक्षिणकाली चोकमा हाटबजार राखेको छ ।

हाटबजारमा शुभारम्भ महिला समूह , दक्षिणकाली महिला समुह , महालक्ष्मी महिला समूह , श्री थसिखेल महिला समूह , लगनखेल महिला समूह , कुमारीपाटी महिला समुहहरुले आफैले उत्पादन गरेको सामाग्रीहरुको हाटबजारमा प्रर्दशनी गरेका छन् ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले जहाँ महिला त्यँहा विकास पाइला बन्दै वडा नं.५ मा भएका महिलाहरु धेरै जस्तो अबल रहेको बताउँनुभयो ।महिला समुहरुले उत्पादन गरेको सामाग्रीहरु राख्नको लागि वर्ष दिन कोठा भाडा वडा नं.५ ले बेहोर्दै आएको जानकारी गराउनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य पुर्नम निरौलाले कुनै पनि व्यक्ति आफ्नो गन्तव्यमा पुग्नको लागि सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै आफैंले उत्पादन गरेको सामाग्रीहरुबाट जिविकोपार्जन गर्नको लागि पनि थप टेवा पुग्ने बताउँनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य शोभा देवि प्रदानले पनि आफ्नो भनाइहरु राख्नुभयो ।

शुभारम्भ महिला समुहका अध्यक्ष मनिला थपलियाले पहिलो पटक आफुले उत्पादन गरेको सामाग्रीहरु हाटबजार राख्न पाएको प्रती खुशी व्यक्त गर्दै वडा नं.५ ले पन्ध्र पन्ध्र दिनको अन्तरालमा हाट बजार संचालन गर्नको लागि आग्रह गर्नुभएको छ ।

ललितपुर महानगरपालिका वडा नं. ५ को आयोजनामा महिला समुहहरूबाट उत्पादन गरेका सामग्रीहरूको हाटबजारमा कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य मञ्जु रिजाल , असोज कुमार श्रेष्ठ , महिला समुहको अध्यक्ष तथा पदाधिकारीहरु बाक्लो उपस्थिति रहेको थियो ।