आज पनि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो


नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै हिजो बुधबारको तुलनामा सुनको मूल्य तोलामा ५०० ले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, तोलामा १५ रुपैयाँको गिरावटसँगै चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ थियो ।