ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
![](https://astittwo.com/wp-content/uploads/2023/10/IMG_20231027_125356.jpg)
![](https://astittwo.com/wp-content/uploads/2023/10/devine.gif)
ललितपुर – लतिलपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ ।
महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको हो ।
यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।
दर्खास्त दिएकालाई मंसिर ४ गते सम्पर्कमा बोलाइएको छ ।
![](https://astittwo.com/wp-content/uploads/2023/10/1698389976544.jpg)
![](https://astittwo.com/wp-content/uploads/2023/10/1698389986626.jpg)
![](https://astittwo.com/wp-content/uploads/2023/10/1698389990272.jpg)