अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।यसअघि असोज ३० गते पनि यहीं उच्च मूल्यमा पुगेर डलरको भाउ केही घटेको थियो । पटक पटक अमेरिकी डलरले सो विन्दुमा टेवा लिए पनि आगामी दिनमा नयाँ रेकर्ड नै बनाउन सक्नेछ । ड

लरको मूल्यवृद्धि हुनु भनेको भारतीय मुद्रा कमजोर हुँदा सो मुद्रासँग स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा कमजोर हुनु हो ।