ललितपुर – ललितपुर महानगरपालिकाकाकी कार्यवाहक मेयर (उपमेयर) मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा ४३ औं कार्य पालिकाको बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडित परिवारको उद्धार, राहत र पुर्नबासको लागि ललितपुर महानगरपालिकाले नगद ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका रुकुम पश्चिम,जाजरकोट लगायतका जिल्लामा गएको विनाशकारी भुकम्पमा परी असङ्ख्य जनधनको क्षती भएको हुँदा भुकम्प पीडितहरुलाई राहत तथा उद्धारको लागि ललितपुर महानगरले ५० लाख दिने निर्णय गरेको हो ।

४३ औं कार्य पालिकाको बैठकमा एक मिलेट मौन धारण गरि शोक प्रस्ताव पारित गरिएको थियो ।भूकम्प पीडितलाई तत्काल अत्यावश्यक सहयोग चाहिएको हुँदा समयमा सबै तहका सरकार, नागरिक र संस्थाहरुले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गरी पीडितलाई त्रासबाट मुक्त गराउनु पर्ने कार्यवाहक मेयर (उपमेयर) मञ्जली शाक्य बज्राचार्यले बताइन् ।