संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारपछि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने जानकारी दिनुभएको छ ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले तिहारपछि ठूला–साना गरि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने जानकारी दिनुभएको हो ।

उहाले अहिले साना ३ वटा जहाज खरिदका लागि टेन्डर भइसकेको भन्दै बायुसेवा निगमसंग भएको ३ वटा र नयाँ ३ जहाजले २२ वटा आन्तरिक बिमानस्थलमा उडान भर्ने बताउनुभयो । भूकम्प लगाएतका अन्य घटनाले नेपालमा थप राष्ट्रिय जहाजहरुको आवश्यकता पुष्टि भएको उहाले बताउनुभयो । मन्त्री किरातीले पर्यटन भित्राउन जहाजको आवश्यकता रहेकाले नीति योजना र इच्छाशक्ति भए जहाज ल्याउने अनेक उपायहरु रहेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले पर्यटकहरुलाई आवश्यकता अनुसार होटल सञ्चालनमा निजि व्यवसायहरुलाई राज्यले सहयोग गर्ने बताउनुभयो ।