लघुवित्तबाट लिएको ऋण तिर्दैनौं, घर नफर्कने गरी फागुनबाट धर्नामा बस्छौं: लघुवित्त पीडित


लघुवित्त संस्थाबाट प्रभावितहरुले सातै प्रदेशमा फेरि विरोध प्रदर्शन गर्ने भएका छन् ।
लघुवित्तका प्रभावितहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातै प्रदेशमा प्रदर्शन गर्ने बताएका हुन् ।लघुवित्तका ऋणीहरुले आफूले संस्थाबाट दुःख पाएको भन्दै सरकारसमक्ष ऋण मिनाहादेखि मुआब्जासम्मका माग राखेका छन् । उनीहरुले लघुवित्तमार्फत लिएको ऋणसमेत नतिर्ने चेतावनी दिएका छन् ।ऋणीहरुले लघुवित्त तथा वितीय संस्थाहरु खारेज हुनुपर्ने, लघुवित्त संस्थाहरुबाट लगाइएको सामूहिक ऋण मिनाहा, सर्वसाधारण र गरिबहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था, समाजवादी अर्थतन्त्रको विकास, जनपक्षीय मजुदर खेती र मौद्रिक नीति कायम गर्नुपर्ने, कालोसूची तथा धितो लिलामी फुकुवा र भूमि ऐन तथा वित्तीय शोषणका पीडितहरुलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।