त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ केजी कोकिनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।

लागू औषध नियन्त्रण ब्युरोको टोलीले ३२ वर्षीया किमरोसाङ्गीलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनी सोमबार हिमालयन एयरलाइन्समार्फत दोहा हुँदै काठमाडौं आइपुगेकी थिइन् ।उनले साथमा ल्याएको सुटकेसमा फल्स बटन बनाएर त्यसभित्र कोकिन लुकाएर ल्याएको ब्युरोले जनाएको छ।

सुटकेसभित्र एक केजी ९ सय ७३ ग्राम कोकिन भेटिएको थियो।