ललितपुर – ललितपुरको नागदहमा एक पुरूषको शव फेला परेको छ।

मंगलबार बिहान ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदह पोखरीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताए।हरिसिद्धीका २७ वर्षीय निरज खड्गीको शव फेला परेको प्रहरीले जनाएको छ। खड्गी मंसिर १ गते‍देखि सम्पर्कबिहीन थिए। नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो।

शव पोष्टमर्टम गर्न पाटन अस्पताल लगिएको छ।