अर्थतन्त्रलाई गति दिन सिंहदरबारमा छलफल जारी
अर्थतन्त्रलाई गति दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिहेका छन्।
सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा हिजोदेखि छलफलको सुरुवात गरेको हो।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए। आज प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, अर्थविद, अर्थक्षेत्रका सरोकारवालासहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल चलाएको छ।
प्रधानमन्त्री प्रचण्डले कार्यभार सम्हालेपछि देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको दाबी गर्दै आएका छन्।