भारतीय फिल्म क्षेत्रमा एक त्यस्ता अभिनेता छन्। जो शुन्यबाट अर्बाैंको मालिक बनेका छन्। ती हुन् बलिउड अभिनेता शाहरूख खान।

उनले फिल्म क्षेत्रबाट पहिलो पटक ५० भारू पारिश्रमिक लिएका थिए। अहिले उनी आफ्नो देशमा मात्र नभइ विश्वभर चर्चामा छन्।कमाइको मामिलामा उनले हलिउडका चर्चित अभिनेतालाई समेत पछाडि पारेका छन्। उनको फ्यान फलोइङ पनि गज्जबको छ।उनलाई सामाजिक संजालमा बढी मात्रामा सकारात्मक प्रतिक्रिया आउने गर्छन्। उनका पछिल्ला फिल्म बक्स अफिसमा ब्लकबस्टर भइरहेको छ।उनले टेलिभिजनबाट अभिनय यात्रा सुरू गरेका थिए। यसअघि उनले एक म्युजिक कन्सर्टमा टर्च लिएर दर्शकलाई सिट देखाउने काम गरेका थिए। जसबाट उनले ५० भारू पारिश्रमिक पाए।

उनले एक अन्तर्वार्तामा बताएका हुन्। ‘जब म सानो थिएँ त्यतिबेला म लामो यात्रामा थिएँ। त्यतिबेला पंकज उधास कन्सर्टबाट ५० भारू पाएको थिए। यही पैसाले म ताज महल गएँ,’ उनले भनेका छन्।

उनी भारतीय फिल्म क्षेत्रमा सबैभन्दा धेरै कमाउने अभिनेता हुन्। उनले एउटै फिल्मको १०० करोडबढी पारिश्रमिक लिन्छन्। उनको कुल सम्पत्ति ६४ अर्ब ११ करोड भारू छ।