नबिल बैंकको ११ प्रतिशत लाभांश वितरणको घोषणा
![](https://astittwo.com/wp-content/uploads/2023/11/Nabil-Bank-Limited.jpg)
![](https://astittwo.com/wp-content/uploads/2023/10/devine.gif)
नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ ।
बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले करसहित नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । जसअनुसार बैंकको सेयर लगानीकर्ताहरुले प्रति सेयर ११ रुपैयाँका दरले नगद लाभांश पाउनेछन् ।
तथापि, बैंकको लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा लाभांश वितरण हुने छ ।