काठमाडौंका विभिन्न स्थानमा भइरहेको आन्दोलन तथा प्रदर्शनलाई निगरानी गर्न नेपाल प्रहरीले ड्रोन परिचालन गरेको छ ।

आन्दोलनका क्रममा विशेष सुरक्षा प्रबन्ध मिलाउन प्रहरीले ड्रोन परिचालन गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले काठमाडौंका तीनकुने, बल्खु क्षेत्रसहित विभिन्न स्थानमा ड्रोन परिचालन गरेको जानकारी दिए । कुन क्षेत्रमा कति सङ्ख्यामा ड्रोन प्रयोग गरिएको छ भन्नेबारे भने उनले खुलाएनन् ।