काठमाडौंको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा भएको छ ।

सडक पार गर्ने पैदलयात्रु आफैले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको शुभारम्भ गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले बटन थिचेर सडक पार गर्नका लागि राखिएको ट्राफिक लाइट अत्याधुनिक भएको जानकारी दिनुभयो । उहाले पैदलयात्रीले सडक पार गर्नका लागि बटन थिचको केहिबेरपछि रातो बति बलेर सवारी रोकिने र सडक पार गरेपछि आफै हरियो बत्ति बल्न बताउनुभयो ।

त्यस्तै काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले पैदल यात्रुलाई बाटो काट्न सहज होस भनेर बिभिन्न निकायको सहकार्यमा पेलिकन क्रसिङ राखिएको जानकारी दिनुभयो । यसबाट सडक दुर्घटना कम हुने विश्वास महानगरको रहेको उहाले बताउनुभयो ।

करिव १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि राखिएको हो । यस्तै उपत्यका बिभिन्न स्थानमा पेलिकन क्रसिङ राख्ने तयारी भइरहेको महानगरले जनाएको छ ।