नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडी फर्काउन नसक्ने बताउनुभएको छ ।

सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै देउवाले गणतन्त्रको बिकल्प नरहेको भन्दै गणतन्त्रबाट मुलुकलाई कसैले पछाडी फर्काउन नसक्ने बताउनुभएको हो । उहाले गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो । गणतन्त्र बिरोधी गतिविधिबाट आफुहरु नअत्तालिएको उहाले बताउनुभयो । त्यस्तै गठबन्धन नेतृत्वको सरकारको आलोपालोका बिषयमा सोधिएको प्रश्नमा सभापति देउवाले पछि थाहा हुने बताउनुभयो ।

त्यस्तै देउवासंगै चितवन जानुभएका कांग्रेस नेता डा शशांक कोइरालाले सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको बताउनुभयो ।