चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ ।

चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको अनुसार संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन् । यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताए । उनले राइनोभाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको बताए । स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले विशेषगरी बालबालिकाहरु यो रोगको जोखिममा रहेको बताएकी छिन । यस्तो अवस्थामा अभिभावकले छोराछोरीको उपचारका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ ।  

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित लिओनिङ प्रान्तका बालबालिकाहरू तीव्र गतिमा बिरामी परिरहेका छन् । चीनमा फैलिएको रोगबारे डब्ल्यूएचओले यो वर्ष रोगको स्तर उच्च भए पनि जाडोमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्नु अस्वाभाविक नभएको बताएको छ ।