प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

गुरु नानकको जन्मजयन्तीका अवसरमा उपत्यकाका बिभिन्न स्थानमा रहेको पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गरिएको थियो । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । गुरु नानक जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् गरेकोे बताइन्छ ।

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजनको थालनी गर्नुभएको थियो ।