ललितपुर – ललितपुर महानगरपालिका वडा नं.६ बाट ललितपुर महानगरपालिका अन्तर्गत ५ औं मेयर कप वडा टेबुल टेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई शुभकामना प्रदान गरिएको छ ।

५ औं मेयर कप वडा टेबुल टेनिस प्रतियोगितामा ललितपुर महानगरपालिका वडा नं.६ बाट जम्मा २१ जनाले सहभागी जनाएका छन् ।

ललितपुर महानगरपालिका वडा नं.६ बाट ललितपुर महानगरपालिका अन्तर्गत ५ औं मेयर कप वडा टेबुल टेनिस प्रतियोगितामा सहभागी हुने व्यक्तिलाई वडा अध्यक्ष रुपेन्द्र राज शाक्यले शुभकामना प्रदान गर्नुभयो ।

५ औं मेयर कप वडा टेबुल टेनिस प्रतियोगितामा ललितपुर महानगरपालिका वडा नं.६ बाट सहभागी हुने व्यक्तिहरुलाई ट्याक सुट र टिसर्ट वितरण गरिएको थियो ।

ललितपुर इन्जिनियरिङ कलेज खोल्चापुख चाकुपाट ललितपुर वडा नं.११ स्थित ५ औं मेयर कप वडा टेबुल टेनिस प्रतियोगिता मंसिर १२ गतेदेखि १६ गतेसम्म संचालन हुने छ ।