स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।

साधारण सभा तथा लाभांश वितरणका लागि शुक्रबार बुकक्लोज गर्न लागेको लघुवित्तले बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्ने जनाएको छ । सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । लघुवित्तले पुस ४ गते विहान ११ बजे २२ औ साधारणसभा बोलाएको छ। १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।

यसैगरी सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ।