ललितपुर – ललितपुर महानगरपालिका वडा नं.२९ मा तरकारी खेती सम्बन्धि स्थलगत घुम्ती तालीम प्रदान गरिएको छ ।

ललितपुर महानगरपालिका कृषि शाखाले किसानलाई व्यावसायिक बनाएर आर्थिक सुधारसँगै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

ललितपुर महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष गणेश कुमार महर्जनले कोहि पनि व्यक्ति आफैंमा आत्मा निर्भर नभएको कारणले नेपाल कृषि प्रदान देश भए पनि सबै सामानहरु विदेशबाट नियात गर्नुपर्ने अवस्था रहेको बताँउनुभयो । मानिसहरुको अलक्षिपन र फुर्सद नभएको कारणले सबै सामानहरु किनु पर्ने अवस्था रहेको हुँदा महंगी दिन प्रती दिन बढ्दै गरेको उँहाले बताउँनुभएको छ । आफ्नै बारिमा उत्पादन गरियो भनी पौष्टिक युक्त खानेकुरा खान पाईने हुँदा सबैलाई कृषि खेती गर्नको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाको कृषि प्रमुख द्रुर्पता राई र ललितपुर महानगरपालिका कृषिको छैटौं अधिकृत दिपक गिरिले तरकारी कसरी उत्पादन गर्ने , तरकारीमा रोक आए कसरी समाधान गर्ने लगायत विभिन्न कुराहरुको प्रशिक्षण दिनुभयो ।

तरकारी खेती सम्बन्धि स्थलगत घुम्ती तालीम कार्यक्रममा सहभागी हुने व्यक्तिहरुलाई ललितपुर महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष गणेश कुमार महर्जनले तरकारी उत्पादन गर्नको लागि बिउहरु वितरण गर्नुभयो ।