ललितपुर – ललितपुर महानगरपालिका वडा नं.६ मा बिमा जागरण सम्बन्धि कार्यक्रम संचालन गरेको छ ।

कतिपय व्यक्तिहरुले बिमा किन गर्ने भने विषयमा जानकारी नहुदा खेरी नेपाल लाइफ इन्स्योरेन्सले समुदायसँग बिमा जागरण कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको शाखा प्रबन्धक प्रशिद्ध पोखरेलले बिमा गर्न किन आवश्यक छ , बिमा गरेमा के फाईदा हुन्छ लगायतका विषयमा प्रशिक्षण दिनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.६ का वडा सदस्य सुमन महर्जनले बिमा तालीम उपयोगी रहेको हुँदा यस कार्यक्रम संचालन गरेको बताउँनुभयो ।

मानिसको जीवनसँग सम्बन्धि जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बिमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । जीवन बिमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।

मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ ।