ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत र शाखा, महाशाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता भएको छ ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र प्रमुख प्रशासकीय अधिृकत वीरेन्द्रदेव भारती बीच दुई महिना अघि नै कार्यसम्पदान सम्झौता भइसकेको थियो ।
कार्यसम्पादन सम्झौताले महानगरको शाखा, महाशाखाले गर्ने काम समयमै सपन्न गर्न र कार्यक्रमको उद्देश्य पूरा गर्न थप जिम्मेवार बनाउँछ ।

कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख चिरीबाबु महर्जनले यो सम्झौता मिजरिङ रड भएको बताए । ललितपुर महानगरको नाम उच्च राख्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । कर्मचारीलाई निर्धक्क भएका काम गर्न सुझाव दिदैं भने, ‘ गर्न नसकेको काम ,हुन नसकेको काम बेलैमा भनिदिुनुस्, समय गज्रिएपछि होइन, समय गुज्रिएपछि भनिदिदाँ हुने काम पनि हुँदैन ।’ यो वर्ष पूँजीगत खर्च ९० प्रतिशत पु¥याउनुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आफू मातहतका कर्मचारीलाई थप जिम्मेवार, विवेकशील भएर काम गर्न निर्देशन दिए । उनले फागुन मसान्तसम्म आफ्नो जिम्मेवारीभित्र रहेको योजनाहरुको सम्झौता सम्पन्न गर्न समेत सुझाए ।

पूँजीगतखर्च १० प्रतिशत वृद्धि भएको बताउँदै उनले भन, ‘पोहोर यही समयमा भन्दा अहिले १० प्रतिशत पूँजीगत खर्च वृद्धि भएको छ ।’ अबरुद्ध भएका कामहरु पनि धेरै सल्टिएका बताउँदै प्रविधिमैत्री हुन समेत निर्देशन दिए ।