यस साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार सुनको मूलयमा बृद्धि भएको छ । आजको दिन सुन प्रतितोला ८०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी १ सुन १९ हजार २५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।