ललितपुर – सम्भावना नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सम्भांवना नेपाल सशक्तीकरणको लागि नमुना नाराको साथ
शनिबार दिन बागटोल वडा नं.४ स्थित सामुदायिक भवनमा संभावना नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।महिला , बालबालिका , जेष्ठ नागरिकहरुलाई सशक्तीकरण गर्ने उदेश्यको साथ सम्भावना नेपालको संस्थापना भएको हो ।

ललितपुर महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्काले सम्भावना नेपालले हरेक कार्यहरू गर्दै आएको प्रशंसा गर्दै वडा नं.४ पनि सम्भावना नेपालसंग
सहकार्य गर्दै अगि बढ्ने बताउँनुभयो ।

ललितपुर महानगरपालिकाका महिला शाखाको प्रमुख शोभा खरेलले सम्भावना नेपालले ललितपुरमा सक्रिय रुपमा काम गर्दै आएको प्रती खुशी व्यक्त गर्नुभयो ।

सम्भावना नेपालको अध्यक्ष बिना महर्जनले सम्भावना नेपाल कसरी संस्थापन भयो , संस्थाको लक्ष्य र सम्भावना नेपालले के के कार्यहरू गर्दै आएको छ भनेर जानकारी दिनुभयो ।

higher ground का कार्यकारी निर्देशक बिमला श्रेष्ठले सम्भावना नेपालसंग सहकार्य गरि काम गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

सम्भावना नेपालको सचीव रोजि श्रेष्ठले तेस्रो वार्षिक साधारण सभामा वृक्षरोपण तथा अभिमुखिकरण , प्राथमिक उपचार , झोला साबुन तथा डल्लो साबुन बनाउने , तनाव व्यवस्थापन अभ्यास , आत्मरक्षा अभ्यास तालीम , नारी दिवस अन्तर्गत कार्यक्रम , कानुनी सचेतना कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो ।

सम्भावना नेपालको तेसो वार्षिक साधारण सभामा कविता गितहरु प्रर्दशनि गरिएको थियो ।