ललितपुर – ललितपुर महानगरपालिका वडा नं.१४ ले महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिम प्रदान गरेको छ ।वडा स्तरीय महिला सञ्चालले पुस १ गते देखि १० गतेसम्म तालीमको संचालन गरिएको थियो ।

ललितपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष अमृत जंग महतले वडा स्तरीय बजेटबाट महिलाहरुलाई उद्ययमी बनाउने उदेश्य बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिम संचालन गरेको बताए ।महिलाहरुले उत्पादन गरेको सामानहरु वडाले स्टल राखी बजार प्रर्वधनको लागि सहयोग गर्ने र कुनै पनि सामानहरु किनको लागि वडाले सिरमणि दिने प्रतिबद्धता व्यक्त गरे । वडा नं.१४ ले ६० प्रतिशत पुर्वाधार र ४० प्रतिशत सामाजिक विकासमा छुट्याइएको जानकारी दिए ।

ललितपुर महानगरपालिका वडा नं.१४ का वडा सदस्य कुबेर के सि ले महिलाहरुलाई उद्यमी र सक्षम बनाउने उदेश्यले वडा नं.१४ ले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।१० दिने बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिमबाट सिकेको कुरा सदुपयोग गर्नको लागि आग्रह गरे ।

ललितपुर महानगरपालिका वडा नं.१४ का महिला सदस्य एवम् वडा स्तरीय महिला सञ्जालको संयोजक सहनशीलता कार्कीले फुर्सदको समयमा पनि ऊनी कपडा सिलाई बुनाई गर्न सकिने हुँदा तालीमबाट सिकेको कुरा अरुलाई पनि सिकाउनको लागि आग्रह गरे ।

ललितपुर महानगरपालिका वडा नं.१४ का सहायक सचीव सुर्य प्रसाद पौडेलले आफुले सिकेको सिपलाई सहि सदुपयोग गर्‍यो भनी वडाले पनि थप सहयोग गर्दै जाने बताए ।

१० दिने बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिमको प्रशिक्षक शोभा महर्जनले आफ्नो समयको सदुपयोग गरि घरमै आफुले उत्पादन गरि आर्थिक रकम बचाउन मद्दत पुग्ने बताए ।

१० दिने बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिममा सक्रिय सहभागी भई बच्चाहरुको टोपी , सुईटर , मजा बनाउन सिक्न पाएकोमा प्रशिक्षार्थीहरुले वडा नं.१४ र वडा स्तरीय महिला सञ्चाललाई धन्यवाद व्यक्त गरे ।

ललितपुर महानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले १० दिने बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिममा सक्रिय रुपमा सहभागी हुने प्रशिक्षार्थी र प्रशिक्षका धन्यवाद स्वरोप प्रमाणपत्र वितरण गरिएको थियो ।

१० दिने बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिम बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिम समापन कार्यक्रमको संचालक एवम् वडा स्तरीय महिला सचीव बिमला शर्मा गरेका थिए भने प्रशिक्षार्थीहरुले वडाका जनप्रतिनिधिहरु र पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।