ललितपुर – ललितपुर महानगरपालिका वडा नं.५ ले युवाहरुलाई एक महिने नि : शुल्क ड्राइभिङ तालीम प्रदान गरेको छ ।

ललितपुर महानगरपालिका भित्र रहेको युवाहरु कोहि पनि बेरोजगार नहोस् भन्ने उदेश्यको साथ एक महिने नि : शुल्क ड्राइभिङ तालीम प्रदान हो । वडा नं.५ ले विगत वर्षमा पनि युवाहरूलाई स्वरोजगार बनाउनको निम्ति ड्राइभिङ तालीम संचालन गरेको थियो ।एक महिने ड्राइभिङ तालीमको लागि जम्मा ३० जना प्रशिक्षार्थीहरुले सहभागी जनाएका छन् ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले विगत वर्षमा ड्राइभिङ सिकेको युवाहरुले ९० प्रतिशतले लाइसन निकाल्न सफल रहेको बताउँनुभयो ।अनुशासन रहि राम्रोसँग तालीम लिनको लागि आग्रह गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य असोक कुमार श्रेष्ठले वडा नं.५ ले वडाबासिहरुलाई विभिन्न तालीमहरु दिदै आएको बताउँनुभयो ।

NMS ड्राइभिङ सेटरको संचालक गाइत्री क्षेत्रिले प्रशिक्षार्थीहरुलाई ड्राइभिङ सिक्दा नियम अनुसार राम्रोसँग सिक्न लागि अनुरोध गर्दै आफ्नो भनाइहरु राख्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का महिला सदस्य शोभादेवि प्रदान श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो भने वडा नं.५ का सद!मञ्जु रिजाल , पुर्नम निरौला लगायतक व्यक्तहरुको बाक्लो उपस्थित रहेको थियो ।