कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

बैंकले प्रकाशित गरेको सूचनामा पुस महिनाको तुलनामा ब्याजदर घटाइएको उल्लेख छ। अब बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८ दशमलव ११ प्रतिशत ब्याज दिने छ भने न्यूनतम ६ दशमलव ५० प्रतिशत ब्याज दिने छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९ दशमलव ३१ प्रतिशत ब्याज दिएको थियो।बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८ दशमलव ११ प्रतिशतका दरले ब्याज दिनेछ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने छ। पुसमा महिनामा संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत थियो।