ललितपुर – सीप सिकौं आत्मा निर्भर बनौं भने मुल उदेश्य सहित ललितपुर महानगरपालिका वडा नं.५ ले दस दिने एडभान्स बारिष्टा तालीम सुरु गरेको छ । दक्षिणकाली महिला समुहको आयोजना तथा ब्रेड टक विद मिको प्राविधिक सहयोगमा दस दिने एडभान्स बारिष्टा तालीम सुरु भएको हो ।

ललितपुर महानगरपालिका वडा नं.५ का सदस्य एवम् कार्यवाहक अध्यक्ष अशोक कुमार श्रेष्ठले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ दस दिने एडभान्स बारिष्टा तालीम सुरु गरेको बताउँनुभयो ।सिकेको सिपलाई सहि सदुपयोग गरि आत्मा निर्भर बनको लागि सहयोग पुग्ने बताउँदै तालीम लिए पछि आफै स्वरोजगारी बनको लागि प्रशिक्षार्थीहरुलाई सुझाव दिनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का महिला सदस्य शोभा देवि प्रदान श्रेष्ठले बेसिक तालीम लिएका प्रशिक्षार्थीहरुलाई एडभान्स वारिष्टा तालीम प्रदान गरेको बताउँनुभयो । आफुले सिकेको सिपलाई सहि सदुपयोग गर्नको लागि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

दक्षिणकाली महिला समुहको अध्यक्ष सुनिता श्रेष्ठल्र राम्रोसँग तालीम लिनको लागि प्रशिक्षार्थीहरुलाई सुझाव दिदै तालीममा सहभागी हुनेलाई शुभकामना दिनुभयो ।

दस दिने एडभान्स बारिष्टा तालीमको प्रशिक्षक करण श्रेष्ठले राम्रोसँग तालीम लिनको लागि प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै यस तालिममा जम्मा १० जना प्रशिक्षार्थीहरुले सहभागी जनाए बताउँनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य मञ्जु रिजाल , पुर्नम निरौला लगायतको उपस्तिथि रहेको थियो ।