बागमती प्रदेश लोकसेवा आयोगले ११ सय भन्दा बढी कर्मचारी माग गरेको छ ।

बागमती प्रदेशका स्थानीय तहमा भएको मागको आधारमा प्रदेश लोक सेवा आयोगले ११ सय भन्दा बढी कर्मचारी माग गर्दै सूचना निकालेको छ ।आयोगले विभिन्न पदमा १ हजार ११३ जना कर्मचारी माग गरेको हो । आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।