सुन्दर देखिन खोज्नु हरेक व्यक्तिको चाहाना हुन्छ । किशोर-किशोरी, युवा-युवती, महिला-पुरुष, वृद्ध-वृद्धा सबैलाई आफ्नो सुन्दरताप्रति चासो भैरहन्छ । कोही आफ्नो हाइट कम भएकोमा दुःखी हुन्छन् भने कसैलाई आफ्नो अनुहारको रंग नै मन पर्दैन ।

कसैलाई आफ्नो हेयर स्टाइल परिवर्तन गर्न मन लागिरहेको हुन्छ भने कसैलाई आफ्नो शरीरमा पहिरन नसुहाएको गुनासो हुन्छ ।मोटोपन आफैमा कुनै गम्भीर समस्या त होइन । तर यसले अन्य गम्भीर शारीरिक समस्या भने ल्याउन सक्छ । मोटोपनको कारणले तपाईंलाई मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धी समस्याहरु हुन सक्छन् ।

तौल कम गर्ने उपाय

माइन्डफुल इटिंग
जापानी मानिसहरु तौल कम गर्नका लागि माइन्डफुल इटिंगमा फोकस गर्छन् । यस्तोमा तपाईंले खानालाई सानो प्लेटमा लिनुपर्ने हुन्छ यसले तपाईं आवश्यकता भन्दा धेरै खानुहुँदैन । साथमा जापानीहरु भोक लागेको ८० प्रतिशत नै खान्छन् जसले गर्दा पाचन प्रक्रिया सही रहन्छ ।

सन्तुलित भोजन
जापानी व्यक्तिहरु पोषक तत्वले भरपूर खाना खान्छन् । उनीहरुको दैनिक खानपानमा आमरुपमा माछा, तरकारी, टोफु र चामल जस्ता स्वस्थकर चीजहरु हुन्छन् । उनीहरुको स्वस्थकर खानपानमा फाइबर, भिटामिन र मिनरल्सहरु धेरै हुन्छन् ।

यी सबै न्यूट्रियन्ट्स शरीरका लागि फाइदाजनक हुन्छन् ।
जापानी व्यक्तिहरु आफूलाई फिट राख्नका लागि शारीरिक क्रियाकलापमा ध्यान धेरै दिन्छन् । यस्तोमा उनीहरु सानो दुरीमा जानका लागि साइकलको अत्यधिक प्रयोग गर्छन् ।

साथमा बजार वा घर नजिक किनमेलमा जाँदा पैदल जान रुचाउँछन् ।

ग्रीन टी
तौल कम गर्नका लागि शरीरलाई हाइडे«ट राख्न एकदमै जरुरी हुन्छ । हाइडे«शनले शरीरको पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यसका लागि उनीहरु ग्रीन टी पिउन रुचाउँछन् । जसले मेटाबोलिज्म बुस्ट हुन्छ र मोटोपनमा कमी आउँछ ।

तातो पानीले नुहाउने
जापानका व्यक्तिहरु तातो पानीले नुहाउन मन पराउँछन् । यसले शरीरमा रक्तसञ्चारलाई राम्रो बनाउँछ । साथमा मेटाबोलिज्म बढ्छ जसले गर्दा तौल नियन्त्रणमा रहन्छ ।