काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ ।

महाराजगन्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल–बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएका हुन् ।  सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।  बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ ।  स्मार्ट लाइट जडान गर्न वा पोललाई पुनः प्रयोगमा ल्याउन नसकिने ४२१ वटा सोलार प्यानल हटाइएको छ ।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगन्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शीतल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्मको रुट राखिएको छ । 

१ हजार १७ वटा सडक बत्ती राख्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९७० मिटर तार आवश्यक पर्ने अनुमान छ ।