नेकपा एमालेका नेता एवं राष्ट्रिय सभा सदस्य कुमार दसौदीले वर्तमान सरकारले देश र जनताका लागि केहि गर्न नसकेको आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा उहाले बिकास आयोजनाहरु ठप्प रहेको, आर्थिक अवस्था सुधार गर्न नसकेको र जनताको अपेक्षा पुरा गर्न नसकेको आरोप लगाउनुभएको हो । उहाले भूकम्पपिडितको अवस्था दिनदिनै कठिन बन्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको जिकिर गर्नुभयो । दसौदीले आफ्नो जिम्मेवारी पुरा गर्न नसके सरकारबाट विदा लिनुपर्ने धारणा राख्नुभयो । उहाले नेपालको न्यायालय प्रभावकारी हुन नसकको र जस्तो सुकै फैसला गर्ने गरेको तर्क गर्नुभयो ।

न्यायाधीश नियुक्त खल्तिबाट नभई नयाँ ढंगले गर्नुपर्ने र राज्यको संरचना अनुसार न्यायालयको पुनसंरचना गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।