ललितपुर – गाेदावरी नगरपालिका वडा नं. १३ वडा कार्यालय आसपास र पाेखरीटार क्षेत्रमा बृहत सरसफाइ तथा व्यवहार परिवर्तन आग्रह कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय ललितपुर , गाेदावरी नगरपालिका र दिगाे विकास स्थानिय पहल संस्थाकाे समन्वय र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हाे ।


वडा कार्यालय, वडा भित्रका सम्पुर्ण विद्यालय, स्वास्थ्यचाैकी,राजनीतिक दलहरु, रेडक्रस , सहकारीहरु, स्काउट, वडा भित्रका सम्पुर्ण आमा समूह, महिला समूह, युवा क्लबहरु, बाल क्लब संजाल, वन उपभोक्ता समिति, वडाका विभिन्न सरसफाइ खानेपानी वन मन्दिर उपभोक्ता समितिहरु समाजसेवी, अभियान्ता लगायतकाे सहभागीतामा सरसफाइ गरिएको थियो । गाेदावरी नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जन प्रमुख अतिथि रहनुभएकाे यस कार्यक्रमकाे मुख्य उदेश्य सरसफाईमा जन चासाे बढाउँदै व्यक्तिको चेतना वृद्धि मार्फत व्यवहार परिवर्तन गराउनु रहेकाे थियाे ।

संस्थाको उपाध्यक्ष समाजसेवी श्री उपेन्द्र अर्यालज्यूका अनुसार हाल व्यक्तिहरूलाई जथाभावी फाेहाेर फ्याक्न नहुने भन्ने ज्ञान भए पनि फाेहाेर हालकाे समाजकाे मुख्य समस्या रहेकाे छ । सफा सहर निर्माण हामी सबैकाे जिम्मेवारी हाे । शहर सफा र सुन्दर बनाउन हामीले बानी व्यवहार परिवर्तन गर्नु पर्ने आजकाे आवश्यकता रहेकाे उहाँले बताउनुएकाे छ ।