ललितपुर – सीप सिकौं आत्मा निर्भर बनौं भने मुल उदेश्य सहित ललितपुर महानगरपालिका वडा नं.५ ले दस दिने एडभान्स वारिष्ट तालीम प्रदान गरेको छ । दक्षिणकाली महिला समुहको आयोजना तथा ब्रेड टक विद मिको प्राविधिक सहयोगमा दस दिने एडभान्स वारिष्ट तालीम सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ दस दिने एडभान्स बारिष्टा तालीम प्रदान गरेको बताउँनुभयो । बारिष्टा तालीम लिए पछि स्वदेश मै बसि आफूले रोजगारी गर्न सकिने उल्लेख गर्नुभयो ।

दक्षिणकाली महिला समुहको अध्यक्ष सुनिता श्रेष्ठले बारिष्टा तालीम लिएका प्रशिक्षार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का महिला सदस्य शोभा देवि प्रदान श्रेष्ठले तालिमबाट सिकेको सिपलाई सहि सदुपयोग गर्नको लागि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य मञ्जु रिजाल ,अशोक कुमार श्रेष्ठ र पुर्नम निरौलाले
सीप सिकौं आत्मा निर्भर बनौं भने मुख्य उदेश्यले वडा नं.५ ले प्रदान गरेको बारिष्टा तालीमबाट सिकेको सिपलाई सहि सदुपयोग गर्नुको लागि प्रशिक्षार्थीहरुलाई सुझाव दिनुभयो ।

दस दिने एडभान्स वारिष्ट तालीमका प्रशिक्षक करण श्रेष्ठले इन्टरको पनि व्यवस्थापन रहेको बताउँदै इन्टर गर्नको लागि आउने प्रशिक्षार्थीहरुको लागि पहिलो हुनेलाई नि: शुल्क , दोस्रोलाई ५०% छुट र तेस्रो हुनेलाई २५% छुटको व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

दस दिने एडभान्स वारिष्ट तालीम लिन पाएको प्रशिक्षार्थीहरुले खुशी हुँदै वडालाई धन्यवाद व्यक्त गरेका छन् ।

दस दिने एडभान्स वारिष्ट तालीममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई ललितपुर महानगरपालिका वडा नं.५ ले उज्वल भविष्यको कामना गर्दै प्रशासन पत्र वितरण गर्दै तालीममा उत्कृष्ट अंक ल्याउन सफल प्रशिक्षार्थीलाई नगद स्वरोप मायाको चिनो प्रदान गरिएको थियोे । त्यस्तै ब्रेड टक विद मिले ललितपुर महानगरपालिका वडा नं.५ का जनप्रतिनिधिहरुलाई पनि माया चिनो दिएको थियो ।