कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक तयारी समिति अन्तर्गतको आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन गरेका छन् । देउवाले आर्थिक उपसमिति संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य अनिलकुमार रुंगटालाई दिएका हुन् ।

आर्थिक उपसमिति सदस्यमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ, मोहन आचार्य, सभापति, बागमती प्रदेश, इन्द्रबहादुर वानियाँ र कांग्रेस, संखुवासभा सभापति दिपक खड्का रहेका छन् ।

महासमिति बैठक व्यवस्थित एवम् प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास सभापति देउवाले व्यक्त गरेका छन् । आगामी फागुन ७-१० मा ललितपुरको गोदावरीमा कांग्रेसले महासमिति बैठक गर्दैछन् ।