एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर अनिल शाहले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन् ।

क्यानडाविरुद्ध जारी खेलमा उनले आज ५१ बलमा अर्धशतक पूरा गरे । यसक्रममा उनले ८ चौका प्रहार गरे ।तीन खेलको सिरिजअन्तर्गत शनिबार भएको दोस्रो खेलमा पनि अनिलले अर्धशतक बनाएका थिए ।उक्त खेलमा अनिलले सबैभन्दा कम बलमा एकदिवशीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने नेपाली खेलाडीकाे रेकर्ड राखेका थिए । 

क्यानडाले दिएकाे २ सय ३३ रनकाे लक्ष्य नेपालले पछ्याइरहेकाे छ ।