प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको सर्टलिस्टमा परेकामध्ये विवादीत व्यक्तिहरुका बिषयमा बिचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उपकुलपति छनौटको सर्टलिस्टमा परेकामध्ये केहि व्यक्तिका बिषयमा बौद्धिक चोरी, भ्रष्टाचार, सूचना लुकाएका लगाएतका कुरा आइसकेको भन्दै उनीहरुका बिषयमा बिचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले विश्वविद्यालयको कुलपतिलाई बोलाएर यस बिषयमा छलफल गर्ने जनाएको छ । त्यस्तै बैठकले विश्वविद्यालयमा नियुक्त भएका बिषयमा पनि देखिएको विवाद छानविन गर्न पनि निर्देशन दिइएको समिति सभापति भानुभक्त जोशीले जानकारी दिनुभयो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले कुलपतिको प्रतिस्पर्धामा छानिएका १४ जनामध्ये कोहिबिरुद्ध पनि उजुरी नपरेको बताउनुभयो । उहाले सर्टलिस्टमा परेकामध्ये केहिका बारेमा आएका विवादहरुमाथि छलफल हुने जिकिर गर्नुभयो । बाइट………

त्यस्तै समिति सदस्यहरुले उपकुलपति छनौटलाई निष्पक्ष बनाउनुपर्ने बताएका थिए । सांसद डा तोसिमा कार्कीले सिफारिस समितिको बिषयमा नै प्रश्न उठाउनुभयो । उहाले नयाँ समिति बनाउन सुझाव पनि दिनुभयो ।

त्यस्तै सांसद विद्या भट्टराईले विवादका बिषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

त्यस्तै सांसदहरुले निमित्त उपकुलपतिले गरेका नियुक्ति कानून विपरीत भएकाले तत्काल खारेज गर्न पनि माग गरेका थिए ।