अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको र अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । टेरामक्स प्रकरणमा तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको उहाको भनाइ छ ।

त्यस्तै उहाले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुईपक्षीय सम्झौता नभइ सूचना दिन नसक्ने जवाफ आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उहाले बताउनुभयो ।

राईले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको भन्दै पोख्त प्रमाण र आधार नभएसम्म कसैलाई दोषि ठहर गर्न नहुने जिकिर गर्नुभयो । अख्तियारका प्रमुख आयुक्त राईले अहिले सवै भन्दा बढि भ्रष्टाचार आइटि क्षेत्रमा देखिएकाले सुधारका लागि सरकारलाई १० बुदे सुझाव दिएको जानकारी दिनुभयो । सार्वजनिक जग्गको हिनामिना गर्ने प्रवृति बढ्दो रहेको देखिएको भन्दै अख्तियारमा प्राप्त उजुरीलाई हेर्दा यसको रफ्तार बढ्दै गएको पाइएको उहाले बताउनुभयो ।

राईले चमेलिया, रामग्राम जग्गा लिज प्रकरण लगाएतका बिषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाले गतबर्ष २८ हजार उजु्री परेकोमा ६५ प्रतिशत फछयौट भएको र अहिले पनि त्यहि हाराहारीमा पुग्ने गरि उजुरी आइरहेको जानकारी दिनुभयो ।