प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी समापन गर्दै प्रधानमन्त्री प्रचण्डले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको र यसका लागि कलाकारहरुले ठूलो योगदान गरेको बताउनुभयो । नेपाल प्राकृतिक रुपले अन्त्यन्त सुन्दर र मौलिक भएकाले चित्रकलामय जस्तै रहेको उहाले बताउनुभयो । त्यसमा पारखीहरुले ठोस आकार दिएर चित्रकलामा रुपान्तरण गरेपछि त्यसले दिन सन्देश निकै शक्तिशाली हुने प्रधानमन्त्रीको भनाइ छ ।

नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरु राखिएका थिए ।