त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपाल नेदल्याण्ड्ससंग पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ८२ रनमात्रै बनायो । नेपालले कुशल भर्तेललाई शुन्य रनमा गुमाएको थियो । कुशल मल्लले ११ र सन्दीप जोराले ८ रन बनाए । सोमपाल कामी शुन्य रनमा आउट भएभने करन केसीले ११ रन बनाए । गुलसन झा र प्रतिश जिसी शुन्य रनमा अविजित रहे । नेदल्याण्ड्सका रुलोफ वान डेर मेरवे र साइब्रान्ड एनगेलब्रेक्टले समान दुई विकेट लिए भने आर्यन दत्त, विलियन किंग्मा र टिम वान डेरले समान एक एक विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका माइकल लेविटले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

नेपालका करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए । सिरिज अन्तर्गत नेपालले आगामी शुक्रबार नामिबियासँग तेस्रो म्याच खेल्नेछ ।